२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स १:१ को अनुपातमा मर्ज हुने



अ+ अ-

काठमाडौँ। आइएमई जनरल र प्रुडेन्सियल इन्योरेन्सबीच मर्ज हुने भएको छ । यी दुई कम्पनीले मर्जरका लागि आइतबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गर्नुभएको हो । यी दुई कम्पनीबीच स्वाप रेसियो १:१ मा मर्ज हुने निर्णय भएको छ।

मर्जरपछि नयाँ बन्ने एकीकृत कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स हुनेछ। मर्जर सम्झौतालाई सञ्चालक समितबाट अनुमोदन गरी आगामी विशेष साधारणसभामा उक्त प्रस्ताव पेस गर्ने दुवै कम्पनी व्यवस्थापनले जनाएका छन्।

आइएमई जनरलको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ छ भने प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब १८ करोड रुपैयाँ छ। प्रुडेन्सियलले ६।५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी हुनेछ।

मर्जर पछि एकीकृत कम्पनीको चुक्ता पुँजी ३ अर्बभन्दा बढी पुग्नेछ।