६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा (एमाले) को संसदीय दलको बैठक बस्दैछ ।

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुभन्दा ठिकअघि संसद् भवनको ल्होत्से हलमा एमालेको संसदीय दलको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले यसअघि गत पुस २६ गते विश्वासको मत लिँदा संसद् बैठकमा उपस्थित २७० मध्ये २६८ सांसदले उहाँको पक्षमा विश्वासको मत दिएका थिए ।

सो बेला तत्कालीन सत्ता गठबन्धनमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टी रहे पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलेसमेत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

तर सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि आज प्रधानमन्त्री प्रचण्डले पुन: विश्वासको मत लिन लाग्नुभएको हो ।