५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको सहज जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेली र ग्रानिट जाकाले एक–एक गोल गरे । क्रिस्टलका जेफरी स्क्लुपले एक गोल फर्र्काए । घरेलु मैदान इमिरेट्समा खेलको २८ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।

४३ औं मिनेटमा साकाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । यस्तै ५५ औं मिनेटमा जाकाले गोल गरेपछि आर्सनल ३–० ले अघि बढ्यो । ६३ औं मिनेटमा प्यालेसका जेफरीले एक गोल फर्काएपछि खेल ३–१ को अवस्थामा आयो । ७४ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो तथा टोलीको लागि चौंथो गोल गर्दै सानदार जित दिलाए ।

जितसँगै आर्सनलले २८ खेलबाट ६९ अंक जोडेको छ । समान खेलबाट प्यालेस भने २७ अंकका साथ १२ औं स्थानमा रहेको छ ।