२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने नेपाली कांग्रेसको निर्णय



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादनको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । साथै विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने पनि बैठकले निर्णय गरेको छ ।

महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको बैठकको निर्णयबारे जानकारी दिँदै आइतबार दिउँसो १२ बजे बस्ने कांग्रेस संसदीय दलको बैठकले अनुमोदन गर्ने बताउनुभयो ।

कांग्रेसको उक्त निर्णयसँगै अब नेपाली कांग्रेस संसद्को सत्ता पक्षको बेन्चमा बस्ने भएको छ । यसअघि नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्षको दाबी गर्दा संसद् बैठक प्रभावित भएको थियो ।

गत फागुन १७ गते बोलाइएको संसद् बैठकमा कांग्रेस र एमाले दुवैले प्रमुख प्रतिपक्षीको दाबी गरेका थिए । कांग्रेस सत्ता पक्षको बेन्चमा बस्ने भएपछि एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चमा बस्न मार्ग प्रशस्त भएको छ ।

नेपाली कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि प्रमुख प्रतिपक्षमै बसेको थियो । तर राष्ट्रपति निर्वाचनमा पुस १० गते बनेको सत्ता समीकरणमा परिवर्तन भएपछि एमाले प्रमुख प्रतिपक्षी दल बन्न पुगेको थियो । एमालेले प्रचण्ड नेतृत्वको सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ ।

यस्तो छ कांग्रेस केन्द्रीय सम्पादन समितिले गरेको निर्णय :

१. चैत्र ३ गते सम्पन्न उपराष्ट्रपति पदको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति पदमा निर्वाचित उपराष्ट्रपति श्री रामसहाय यादवलाई कार्यकाल सफलताको कामना सहित यो बैठक हार्दिक बधाई ज्ञापन गर्दछ ।

२. संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र मुलुकको समुन्नतिका लागि सहकार्यको संकल्प सहित गत निर्वाचनमा नेपाली जनता समक्ष गरेको वचनवद्दता अनुरुप नेपाली कांग्रेस सहितका राजनीतिक दलहरु बीचको आपसी एकता र समझदारीलाई अझ सुदृढ गर्नु आवश्यक छ िहालै सम्पन्न संघीय गणतन्त्र नेपालको राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनले प्राप्त गरेको विश्वासप्रती सबैलाई आभार प्रकट गर्दै यो बैठक गठबन्धन दलहरू बिचको समझदारी र एकतालाई अझ बलियो बनाउँदै अघिबढ्ने क्रममा नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठित श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा रहेकोे वर्तमान सरकारलाई नेपाली काँग्रेसको विधानको धारा २२ (११) बमोजिम समर्थन गर्ने र २०७९ चैत्र ६ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले राख्नु हुने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नका लागि पार्टीको संसदीय दललाई निर्देश गर्ने निर्णय गर्दछ ।

३. संसदको सबैभन्दा ठलो दलका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी हुने निर्णय यो बैठक गर्दछ संविधान रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र शान्ति प्रक्रियाका बाँकी कामलाई पुर्णता दिँदै मुलुकको चौतर्फी विकास मार्फत मुलुकको समुन्नति हासिल गर्ने साझा कार्यभारप्रती यो बैठक दृढ प्रतिबद्धता व्यक्त गर्दछ ।

४. नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृस्टिगत गरेर चयन निर्णय यो बैठक गर्दछ ।




भर्खरै