२९ भाद्र २०८३, सोमबार
,
Latest
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेसले प्रचण्ड पथको बाटो लियो: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसजस्तो आफूलाई प्रजातन्त्रवादी भन्ने दलले पनि प्रचण्डपथको बाटोमा हिँडेको हो भन्दै प्रश्न गर्नु भएको छ ।

बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, नाथुराम गोड्सेको खोजी भएको छ, नभए बन्न तयार हुने पनि देखियो, यो प्रचण्ड पथ त होइन । उहाँले सर्वोच्च अदालतको संवैधानिक इजलासमा राष्ट्रपति र प्रधानमन्त्री पनि काटिन सक्छन् भन्दा पनि नरोक्ने इजलास प्रति पनि असन्तुष्टि जनाउनु भयो ।

प्रधानमन्त्री ओलीले न्यायमूर्तिहरुले हिंसालाई दुरुत्साहन गर्नु पर्नेमा त्यस्तो नभएको भन्दै न्यायपालिकाले हिंसालाई प्रश्रय दिएको हो भन्दै प्रश्न गर्नुभयो । काँग्रेसजस्तो लोकतन्त्रवादी पार्टीले माओवादी समेतका अवसरवादीको पछि लागेर सरकारको विरोधमा आन्दोलन गर्न खोज्नु ठीक नभएको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले देशका विभिन्न भागमा सडक, विद्युत समेतका राम्रा कामहरु गरिरहेको बताउँदै चाँडै कोरोनाभाइरस विरुद्धको खोपको व्यवस्था पनि सरकारले गर्ने बताउनुभयो ।