२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा १२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक पक्राउ



अ+ अ-

काठमाडौं । भक्तपुरमा १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दोलखा घर भइ भक्तपुर नगरपालिका वडा नम्बर ९ चोखा बस्ने ३२ वर्षीय वसन्त दमाई रहेका छन् । 

आइतबार दिउँसो तीन बजे दमाईले घरमा कोही नभएको मौका पारी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बालिकाकी आमाले साँझ महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुरमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीपछि प्रहरीले साँझ नै वसन्त दमाईलाई पक्राउ गरेको हो । 

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ।