५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा अन्तरपालिका फुटबल प्रतियोगिता हुने



अ+ अ-

हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा चैत ४ गतेदेखि दोस्रो संस्करणको अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

हेटौंडा–५, पिप्लेस्थित क्याम्पा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो २ बजे सुरु हुनेछ । आइतबार हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाबीच र राक्सिराङ गाउँपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको सेमिफाइनल खेल चैत ८ गते र चैत ९ गते हुनेछ भने फाइनल खेल चैत ११ गते हुनेछ । मकवानपुरका १० वटै स्थानीय तहको सहभागिता रहने प्रतियोगितामा प्रवेश निस्शुल्क गराइने मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिनुभएको छ ।

प्रतियोगिताको विजेता टिमले प्रथम पुरस्कार २ लाख नगद र द्वितीय पुरस्कार १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ । पहिलो संस्करणको अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि थाहा नगरपालिकाले जितेको हो ।