३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमशीलता प्रवर्द्धन गर्ने नवौँ युवा उद्यमी शिखर सम्मेलन हुदै



अ+ अ-

काठमाडौँ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)को काठमाडौँमा नवौँ युवा उद्यमी शिखर सम्मेलन आयोजना हुँदैछ । शिखर सम्मेलनको यो नवौँ संस्करण हुनेछ । यस वर्षको शिखर सम्मेलनको नारा ‘एक्सेलेरेटिङ सक्सेस’ रहेको छ ।

शिखर सम्मेलनले सहभागीहरू, प्रेरणादायी महिला उद्यमीहरूबीचको स्पीड नेटवर्किङ सत्रहरू, उनीहरूको यात्रा साझेदारी, कार्यशाला र प्यानल छलफलहरू समावेश गर्नेछ। सहभागी हुने अपेक्षा गरिएको सहभागीमा उद्यमी, कामदार महिला, पेशाकर्मी, विज्ञ र विद्यार्थीहरू समावेश छन्।

शिखर सम्मेलनमा राष्ट्रिय प्रेरणादायी वक्ताहरू, प्यानल छलफल, स्टार्टअप शोकेस, आइसब्रेकर र नेटवर्किङ र वुमन इन बिजनेस एन्ड मेड इन नेपाल विषयमा सत्र हुनेछ।

सम्मेलन यही चैत ४ गते शनिबार दिउँसो २ बजेदेखि लाजिम्पाटको र्‍याडिसन होटलमा आयोजना हुने बताइएको छ ।

उद्यमशीलता प्रवर्द्धन गर्ने सरल उद्देश्यका साथ नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) गठन भएको हो । एनवाईईएफको हस्ताक्षर कार्यक्रममध्ये एक युवा उद्यमी शिखर सम्मेलन– (वाईईएसडब्लु)  हो।