५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल नेपाल बक्सिङ: पहिलो दिनमा २५ खेल सम्पन्न



फाईल फोटो
अ+ अ-

हेटौंडा । अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताअन्तर्गत पहिलो दिन मंगलबार २५ खेल भएका छन् । हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा पहिलो दिन ५७ केजी तौल समूहमा विपिन बुढाथोकीले बर्षात् राईलाई नकआउट गरे भने ६३.५ केजी तौल समूहमा अछामका तपेन्द्र बिक र ५७ केजी तौल समूहका निर्मल रिजालले प्रतिस्पर्धीको अनुपस्थितिका कारण स्वत: विजय हासिल गरे ।

प्रतियोगिताकै पहिलो खेलमा ५४ केजी तौल समूहमा अछामका नीरसिंह बुढाले दमकका दीपक बिकलाई पराजित गर्दा ५४ केजी तौल समूहमै दाङका विवेक देवकोटाले रोल्पाका बासुदेव केसीलाई पराजित गरे । ५४ केजी तौलसमूहमा कास्कीका सरोज राना मगरले काठमाडौंका फुरग्याल्बु ज्याबा ह्योल्मुलाई पराजित गरे । ५४ केजी तौलसमूहमा जीवन महराले बाँकेका रोहित बर्मालाई पराजित गरे ।

मंगलबार ४७ केजी तौलसमूहमा ४ खेल भए । मंगलबार ५७ केजी तौल समूहमा ८ खेल भए । जीवन चन्दले दाङका जीवन परियारलाई पराजित गर्दा आयुष श्रेष्ठले कास्कीका समीर थापालाई पराजित गरे । यस्तै निर्मल रिजालसँग चितवनका सागर गुरुङ खेल्न अनुपस्थित भएपछि निर्मल विजयी भए भने सुजन भुजेलले सुवोधमान सिंह बस्नेतलाई पराजित गरे ।

यस्तै बक्समाण्डुका आयुष थापाले मानसोव बस्नेतलाई पराजित गरे । मकवानपुरका अभिषेक राना मगरले भूमिकर्ण भण्डारीलाई पराजित गरे भने दमकका योयल राईले भानुभक्त ओलीलाई पराजित गरे । ६३.५ केजी तौल समूहमा नक्सालका प्रज्वल श्रेष्ठले आशिष गुरुङलाई पराजित गर्दा अछामका तपेन्द्र बिकले अभिशेषक श्रेष्ठलाई पराजित गरे ।

४८ केजी तौलसमूहमा मंगलबार ५ खेल भए । ४८ केजी तौल समूहमा ललितपुरका प्रकाश कठायतले अछामका भरतप्रसाद अधिकारीलाई पराजित गर्दा मकवानपुरका श्रीजेष श्रेष्ठ विशेष बुढा मगरसँग पराजित भए । अप्रिल रानाले प्रदीप चौधरीलाई, सञ्जय लामाले सुमन चौधरीलाई, मानव लामाले लजन बिष्टलाई पराजित गरेको छ । ५१ केजी तौल समूहमा टीकाराम ऐडीले सम्राट थापालाई पराजित गरे भने रविन लिम्बुले रोकी गुरुङलाई पराजित गरेको छ ।

यस्तै असिम धमलाले अजय पुन मगरलाई पराजित गर्दा प्रवल उप्रेतीले दीपक रोकायालाई पराजित गरेको छ । शिभु सुनारले सुनाम खत्रीलाई पराजित गर्दा पहिलो दिनको अन्तिम खेलमा निराजन चौधरीले अजय स्याङ्तानलाई पराजित गरेको छ । प्रतियोगिताअन्तर्गत दोस्रो दिन आज बुधबार दिउँसो १२ बजेदेखि ३४ वटा खेल हुनेछ ।