• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

२०३० विश्वकप : स्पेन,पोर्चुगल र मोरक्कोको संयुक्त दाबी



काठमाडौं । सन् २०३० को विश्वकप फुटबल आयोजनामा स्पेन र पोर्चुगलसँगै सहआयोजकमा अफ्रिकी राष्ट्र मोरक्को थपिएको छ ।

स्पेन र पोर्चुगलले विश्वकप आयोजनाको लागि गत वर्ष नै संयुक्त दाबीको घोषणा गरेको थियो । अब सहआयोजकमा मोरक्को पनि थपिएको छ ।

यसअघि स्पेन र पोर्चुगलसँग युक्रेनले सहआयोजकको रुपमा काम गर्ने बताईएको थियो । तर, रुससँगको युद्दको कारण युक्रेनको भूमिका स्पष्ट नरहेको बताईएको छ ।

मोरक्कोले यसअघि २०१० को विश्वकप आयोजनाका लागि दाबी गरेको थियो । तर, दक्षिण अफ्रीकाले आयोजकको रुपमा बाजी मारेको थियो ।

सन् २०३० को विश्वकपका लागि अन्य थुप्रै राष्ट्रले समेत दाबी गरेका छन् । विश्वकप आयोजनाका लागि अर्जेन्टिनासहित चिली, उरुग्वे र पाराग्वेले संयुक्त दाबी पेश गरिसकेको छ ।

सन् १९३० मा पहिलोपटक उरुग्वेमा विश्वकपको आयोजना भएको थियो । यससँगै सन् २०३० मा विश्वकप आयोजना भएको १ सय वर्ष पूरा हुनेछ । सोहि कारणले अर्जेन्टिनासहित चार दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकपलाई ‘फुटबलको जन्म भएको ठाउँमा’ फर्कन आह्वानसहित संयुक्त दाबी पेश गरेका थिए।

यद्यपी, फिफाले २०३० को विश्वकप आयोजना बारे २०२४ मा घोषणा गर्ने जनाएको छ ।