१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

संक्रमणकालीन न्याय कानुन संशोधन प्रकृया विश्वसनीय बनाउन अधिकारकर्मीको माग

संक्रमणकालीन न्याय कानुन संशोधन प्रकृया विश्वसनीय बनाउन अधिकारकर्मीको माग
अ अ+ अ-

काठमाडौं । अधिकारकर्मीहरुले संक्रमणकालीन न्याय कानुन संशोधन प्रकृया विश्वसनीय बनाउन माग गरेका छन् ।

जवाफदेहीता निगरानी समितिले एक बिज्ञप्ति जारी गर्दे सरकारले “वेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१” को तेश्रो संशोधन विधेयक आवश्यक परिमार्जन विना पुन: संसद सचिवालयमा दर्ता गरेको प्रति जवाफदेहीता निगरानी समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिज्ञप्तिको पूर्णपाठ

पछिल्लो संसद अधिवेशनमा पेश भएको विवादास्पद “वेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१” संशोधन विधेयकमा केबल हदम्याद (६ महिनाबाट १ बर्ष बढाईएको) र पुनरावेदन (विशेष अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने) को सन्दर्भमा बाहेक कयौं गम्भिर त्रुटीपूर्ण प्रावधानहरुलाई थाँति राखेरै पुन: विधेयक दर्ता गराउने कार्यप्रति निगरानी समिति आपत्ति प्रकट गर्दछ ।

विगतमा विधेयक उपर पीडित समुदाय लगायतका सरोकारवालाहरुले गम्भिर चाँसो देखाएर परिभाषा, अदालतको क्षेत्राधिकार, अभियोजन, क्षमादान, आयोगमा पदाधिकारी नियूक्तिको प्रकृया लगायतका विषयमा व्यापक संशोधनका लागि गरेको मागलाई लत्याएर हठात त्रुटिपूर्ण विधेयक संसदमा दर्ता गर्ने कार्यले सरकारप्रति पीडित समुदाय र अन्य सरोकारवालाहरुको अविश्वासलाई अझै वढाएको निगरानी समितिको ठहर छ ।

अत: वहुपक्षिय सरोकारवाला ९जस्तै पीडित समुदाय, नागरिक समाज, राजनीतिक दलहरु र सरकार० का विचमा छलफल र संवादको माध्यमवाट संक्रमणकालीन न्याय प्रकृयालाई वैध टुंगोमा पुर्‍याउन यथोचित मार्गचित्र तयार गरी तदनुरुप सरकारले ऐन संशोधनको प्रकृया अगाडी वढाउन निगरानी समिति जोडदार मार्ग गर्दछ । विगत १६ वर्ष देखि गिजोलिंदै र वल्झिदै जटिल मोडमा पुगेको संक्रमणकालीन न्याय प्रकृया प्रति संवेदनशिल र जिम्मेवार वनेर यसको वैध निकाशका लागी रचनात्मक भुमिका खेल्न राजनीतिक दलहरु, जननिर्वाचित सांसदहरु, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायलाई निगरानी समिति आव्हान गर्दछ ।

जवाफदेहीता निगरानी समितिका तर्फबाट
चरण प्रसाई, संयोजक
सम्पर्क– ओम प्रकाश सेन ठकुरी