१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

एकाउन्न वर्ष अगाडिको ‘टिकुली ट्याक’ नयाँ स्वरूपमा

एकाउन्न वर्ष अगाडिको ‘टिकुली ट्याक’ नयाँ स्वरूपमा
अ अ+ अ-

काठमाडौँ । वरिष्ठ गायक तथा सर्जक नवीनकिशोर राईले विसं २०२८ मा तयार गरेको ‘टिकुली ट्याक’ बोलको गीत नयाँ स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको छ । एकाउन्न वर्षपछि पुनः रेकर्ड गरिएको गीतमा रमेश प्रसाईंको स्वर रहेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै गीतको भिडियोसमेत सार्वजनिक गरिएको छ ।

कलाकार दीपक आचार्य (काकु)ले निर्देशन तथा निर्माण गरेको गीतको भिडियोमा हरिश निरौला, प्रियना आचार्य, पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माले अभिनय गरेका छन् । भिडियोमा सुबोल थापाले कोरियोग्राफी र पवन सुस्लिङले छायाङ्कन गरेका छन् । सङ्खुवासभा, तेह्रथुम र धनकुटामा छायाङ्कन गरिएको भिडियोले मौलिकतालाई समेटेको निर्देशक अचार्यले जानकारी दिए ।

“पुरानो परिवेश देखाउनुपर्ने भएकाले काठमाडौँ बाहिरको स्थललाई ध्यान दिएका हौँ । गीतलाई पुरानै शैलीमा प्राविधिकरूपमा नयाँपन दिएका मात्र हौँ”, निर्देशक आचार्यले भने, “गोठालो, हलीलगायतका दृश्यले भिडियोमा मौलिकताको आभास दिलाउनेछ । गीतमार्फत पुराना सर्जक नयाँ पुस्तामा पुग्नु हुनेछ भन्ने विश्वास छ ।”

सयबढी गीत गाएका राईले ‘टिकुली ट्याक’ जीवनकै पहिलो गीत रहेको जानकारी दिए । “मैले ३० वर्षदेखि गीत गाएको छैन । स्वास्थ्यले साथ नदिएपछि गीत गाउन छाडे तापनि सिर्जनाबाट टाढिएको छैन”, गायक राईले भने, “रेडियो नेपालमा रेकर्ड भए तापनि अफिसियलरूपमा कुनै पनि माध्यममा नराखिएकाले दर्शक तथा स्रोतालाई यो अवश्य नयाँ लाग्नेछ ।” निर्देशक आचार्यसहितको टिमले गीतलाई नयाँ स्वरूपमा ल्याउने अनुमति मागेपछि खुसीसाथ सहकार्य गर्न तयार रहेकोसमेत उनले बताए । गायक राईले भने, “मेहनत गरेर भिडियो पनि बनाउनुभएको छ । हेर्दा आनन्द लाग्यो ।”

भिडियोबाट हुने आम्दानीको केही प्रतिशत १४ अनाथ बालबालिका आश्रित अन्तर्दृष्टि नेपाललाई प्रदान गरिनेसमेत कार्यक्रमका निर्देशक आचार्यले जानकारी दिए । संस्थाद्वारा आयोजित पत्रकार सम्मेलनमा नेपाल सिलाइ तथा कपडा व्यवसायी सङ्घ काठमाडौँको तर्फबाट रु पाँच हजार, गायक राईका तर्फबाट रु पाँच हजार एक सय, प्रोडक्सन कम्पनीको तर्फबाट रु १० हजार र गायक राईका बहिनीद्वय एशोधा राई र रिना राईका तर्फबाट रु चार हजार दुईसय रुपैयाँ नगद सहयोग गरिएको थियो । रासस