१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने

निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा आयोगले सातै प्रदेशमा अन्तरक्रिया गर्ने

निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा आयोगले सातै प्रदेशमा अन्तरक्रिया गर्ने
अ अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । 

सोमवार निर्वाचन आयोगले गर्ने नियमित पत्रकार सम्मेलनमा बोल्नुहुँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तरक्रिया गर्न लागेको बताउनुभएको हो । आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा चैत्र ९ गतेदेखि १७ गतेसम्म निर्वाचन आचारसंहिताको कार्यान्वयनका सम्बन्धमा राजनीतिक दल, सरोकारवाला निकाय, संस्था तथा पदाधिकारीहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो । 

त्यस्तै निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलको उम्मेदवारलाई सोही दलको निर्वाचन चिन्ह दिन उपयुक्त निर्णय गर्ने सम्बन्धमा निर्वाचनमा भाग लिने आयोगमा दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त बाहेक ७३ राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५७ बमोजिम जिल्ला स्तरको संगठन संरचना, जिल्ला समितिको विवरण २०७८ चैत्र ६ गतेभित्र पेश गर्न पत्राचार गरेकोमा आयोगमा ५८ वटा दलहरुबाट विवरण प्राप्त भएको छ उहाँले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले ११०२ नम्बरको टोलफ्रि नम्बर चैत्र १५ गतेदेखि सुरु गर्न लागेको पनि प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उक्त नम्बरमा मतदाता, आम नागरिक तथा सरोकारवालाले आफ्नो जिज्ञासा, गुनासो वा प्रश्न राख्न सक्ने उहाँले बताउनुभयो । त्यसैगरी, हरेक मतगणनास्थलमा मतगणनास्थल दृश्य अवलोकन प्रणाली जडान गर्ने सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् सबै स्थानीय तहलाई अनुरोध गरिएको पनि उहाँले बताउनुभयो । 

आयोगका प्रवक्ता पौडेलका अनुसार आयोगबाट आगामी स्थानीय तह निर्वाचनमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ भने स्थानीय तह निर्वाचन २०७९ का लागि आयोगको मिति २०७८÷१२÷०४ को निर्णय अनुसार मिति  २०७९ वैशाख ११ गतेबाट सुरु हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।