२१ मंसिर २०८२, आईतवार
,
Latest
मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित हलिउड र्‍यापर कोस्टा टिचको निधन



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित र्‍यापर तथा संगीतकार कोस्टा टिचको निधन भएको छ ।

उनको उमेर मात्र २७ वर्ष थियो । कोस्टा टिच शनिबार अर्थात मार्च ११ मा जोहानेसबर्गमा भएको अल्ट्रा म्युजिक कन्सर्टमा परफर्म गरिरहेका थिए ।उनी गीत गाउँदै गर्दा स्टेजमा लडे । कोस्टा टिचको यो अन्तिम प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोमा कोस्टा टिच स्टेजमा प्रस्तुति दिइरहेका छन् । यस क्रममा उनी दुई पटक लडिरहेको देखिन्छ । एक पटक आफूलाई सम्हाल्छन् तर केही समयपछि फेरि लडिरहेको देखिन्छ । यद्यपि र्‍यापरको मृत्युको कारण भने खुल्न सकेको छैन । निधनको सार्वजनिक हुने बित्तिकै कोष्टा टिचको निधनले सबै कलाकार, संगीत क्षेत्र र उनका फ्यानहरु स्तब्ध भएका छन् ।

कोस्टाको जन्म सन् १९९५ मा नेल्सप्रुटमा भएको थियो । कोस्टा ‘एक्टिभेट’ र ‘नकलकथा’ जस्ता हिट एल्बमबाट परिचित थिए । उनले हालै अमेरिकी गायक एकोनसँगको रिमिक्स रिलिज गरेका छन् । उनको अचानक मृत्युले दक्षिण अफ्रिकी संगीत उद्योगलाई पनि स्तब्ध बनाएको छ ।