४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे जनतालाई गुमराहमा राखिएको छ, यथास्थितिमा पास गर्नुहुन्न– खनाल (भिडियो)



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता गरिएको बताउनुभएको छ । 

संसद् भवन बाहिर पत्रकारहरुसँग कुराकानी गर्दै जनतालाई गुमराहमा राखिएको एमसीसी सम्झौतालाई यथास्थितिमा पारित गर्न नहुने बताउनुभयो । उहाँका अनुसार नेपाली जनतालाई सर्वोपरी ठानेर एमसीसी सम्झौता नभएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार एमसीसीलाई कसैले गिजोलेको नभई नेपालको हितमा ध्यानमा राखेर सुरुमै एमसीसी सम्झौता भएको थिएन । उहाँले एमसीसी सम्झौतालाई संशोधन नगरी स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले सम्झौताभित्र राष्ट्रिय हितविपरीतका गम्भीर कुरा भएको भन्दै त्यसलाई सुधार नगरी पारित गर्न नसकिने बताउनुभयो ।