तनहुँ । जबरजस्ती करणी अभियोगमा नायक पल शाहले उच्च अदालतबाट सफाइ पाएपछि तनहुँ कारागार अगाडि शुभेच्छुकको भीड लागेको छ । रिहा हुन लागेका अभिनेता शाहको स्वागतका लागि उनका समर्थकको दमौलीमा भीड लागेको हाे
उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आईतवार नायक शाहलाई सफाइ दिएको थियो । यस अघि नवलपुर अदालतले बालयौन दुराचारको मुद्दामा शाहलाई साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो ।
शाहले उक्त फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिनुभएको थियो । उच्च अदालतको आजको इजलासले उक्त मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको थियो ।
नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका नायक पल शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै शाह विरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो ।
शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तस्बिर : कृष्ण न्यौपाने/रासस