२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु हुँदैन: शक्ति बस्नेत(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु नहुने बताउनुभएको छ ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले राष्ट्रपतिको सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिक दलभन्दा बाहिर गएर भने सहमति खोज्नु नहुने बताउनु भयो । पुस १० गते सरकार बन्दाको अवस्था र आजको अवस्थामा फेरबदल आइसकेको भन्दै उहाँले बदलिँदो परिस्थितिले सहमतिको माग गरेको बताउनु भयो । देशमा देखिएका चुनौतिहरुको समाधानका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय सहमति जहाँनिर जुट्छ, त्यहीँनिर गरौँ भनेको हो । तर दलभन्दा बाहिर नजाऔँ अहिले । स्पष्ट कुरा यो हो । राष्ट्रिय सहमति आजको आवश्यकता हो । पुस १० गतेदेखि आजसम्म घटनाक्रममा तलमाथि परेको छ, सरकारलाई समर्थनसहित विपक्षमा बसेको एउटा अवस्था । सरकारमा सहभागि भएका पार्टीहरु सरकार बाहिर बसेर समर्थन मात्र गरेको अवस्था । परिस्थितिमा फेरबदल भइराखेको छ ।

यो परिस्थितिमा आएको फेरबदलले सहमतिको माग गर्‍यो । दोस्रो कुरा आज मुलुकले जे चिज व्यहोरिराखेको छ, जे–जस्ता चुनौतिको सामना गर्नु परिराखेको छ, यो परिस्थितिले पनि राष्ट्रिय सहमतिको माग गर्‍यो । तेस्रो कुरा हाम्रो संविधानले परिकल्पना गरेको राष्ट्रपतिको पोजिसन धेरै रस्साकस्सी गर्नुपर्ने विषय होइन ।’

उहाँले राष्ट्रिय सहमतिको आवश्यकताको सबैले बोध गरेमा सम्भव हुने बताउनु भयो । राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुट्न नसकेमा अधिकतम सहमतिको बाटोमा जाने उहाँले उल्लेख गर्नुभयो ।