२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

टियु मैदानका कर्माचारीलाई धन्यवाद दिँदै ज्ञानेन्द्रले भने– उहाँहरु पर्दापछाडिको खेलाडी हुनुहुन्छ



अ+ अ-

काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले टियु क्रिकेट मैदानका कर्माचारीलाई धन्यवाद दिएका छन् । ज्ञानेन्द्रले बुधबार सामाजिक सञ्जालमार्फत टियुका कर्माचारीहरुलाई धन्यवाद दिएका हुन् ।

ज्ञानेन्द्रले मैदानका कर्माचारीलाई पर्दापछाडिको खेलाडीको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘मैले खेल्न सुरु गरेकै दिनबाट यो तस्विरमा हुनुभएका मध्य धेरै अनुहारलाई कीर्तिपुर मैदानवरीपरी देख्दै आएको छु । प्रमुख क्यरेटर मधु दाई, मण्डल दाई वहाँको परिवार लगायत उहाँहरु धेरै जनाको नेपाली क्रिकेट पर्दापछाडिको खेलाडी हुनुन्छ । उहाँहरुको योगदान हामी ग्राउन्डमा क्रिकेट खेल्नहरु जतिकै महत्पूर्ण छ।’

नेपाली क्रिकेट टिमले पाएको सफतामा खेलाडि मात्र नभएर मैदानमा सघाउने सबैजना प्रसंशाको हकदार भएको उनले बताए । ‘आज हामी नेपाली क्रिकेट टिमले पाएको सफतामा खुशी मनाई रहँदा वहाँहरुको लगायत टियु क्रिकेट मैदान सघाउने सबैजना प्रसंशाको हकदार हुनुन्छ ।’, ज्ञानेन्द्रले भने, ‘तपाईहरु सबैजनाको मिहिनेत, लगनशीलताको लागि धेरै धेरै धन्यावाद छ । हामी सबैसँगसँगै बुढो हुँदै गइयो नि है’।

नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पनि टियु क्रिकेट मैदानका कर्माचारीलाई धन्यवाद दिदै आएका छन् । खेलपछि पत्रकारसँगको कुराकानीमा मोन्टीले मैदानका कर्माचारीलाई विशेष धन्यवाद दिएका थिए ।