५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक



अ+ अ-

काठमाडौँ । आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का एक सदस्य बराबर ७९ र प्रदेशसभाका एक सदस्य बराबर ४८ मतभार रहेको छ ।

प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि भोलि १२ गते बिहीबार १२ बजेसम्म तोकिएको छ । सो समयमा पर्न आएका निवेदन तथा उजुरीउपर फागुन १२ गते दिउँसो ३ बजेसम्म छानबिन गरी अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन हुनेछ ।

फागुन १३ गते राष्ट्रपति पदका लागि मनोनयन दर्ता हुनेछ भने २५ गते मतदान हुनेछ ।