२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको प्रलोभनमा पर्लान् नेपाल ?



file
अ+ अ-

‘एक दिन बुढो बाघले एक महिलालाई झम्टिएर मारेछ। महिलालाई खाइहाल्यो। तर तिनले लगाएको सुनको बाला बच्यो। त्यसपछि बाघले हिँड्ने बटुवालाई बाला देखाउँदै मलाई के काम यो बालाको भन्दै बोलाउँदो रहेछ। र, बाला हातैमा दिने भन्दै बाला लिन आएकालाई झ्याम्पै पारेर खाँदो रहेछ। साथीहरू बाला देखेर नलोभियौं।’

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत माघ २२ गते प्रतिनिधिसभा बैठकमा उक्त नीतिकथा सुनाउँदै नेपाली कांग्रेसलाई हिँड्न नसक्ने बुढो बाघ र माओवादी केन्द्रलाई लोभमा फसेको बटुवासँग तुलना गरेका थिए। ओलीले एमालेको समर्थनमा पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नुअघि पुस १० गते भएको समझदारीमा कायम रहन माओवादीलाई आग्रह गरेका थिए।

निर्वाचनमा गठबन्धन गरेर लडेको कांग्रेसले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्री छाड्न नमानेपछि उनी एमालेसँग सहकार्य गर्न पुगेका थिए। एमालेको समर्थनमा प्रधानमन्त्री भएपछि दाहाल राष्ट्रपतिसहितका सबै पद उसैलाई छाड्दा कुनै पनि बेला धोका हुनसक्ने निष्कर्षमा पुगे। प्रधानमन्त्रीमा कांग्रेसबाट पनि विश्वासको मत पाएपछि दाहाल चुनावअघिको गठबन्धनप्रति लचिलो देखिएका छन्।

त्यसैले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका दाहालले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आश्वासन दिइसकेका छन्। माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने छनक पाएपछि ओलीले कांग्रेसलाई व्यंग्य गर्दै प्रतिनिधिसभा बैठकमा सुनाएको बाघ र बालाको नीतिकथा नेकपा एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालमा प्रयोग गर्न खोजेका छन्। नागरिक दैनिक