२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपी ओली कपको उपाधि ट्रफी सार्वजनिक



अ+ अ-

काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक गरिएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले मंगलबार एक समारोहकाबीच विजेताले पाउने उपाधि ट्रफी सावर्जनिक गरेको हो ।

फागुन ११ गतेबाट १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनलबाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।यस्तै, प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् भने उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीलाई ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी, प्रत्येक खेलको विजेता टोलीलाई प्रोत्साहनस्वरुप २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १५ हजार प्रदान गरिनेछ ।