२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव वा अरूले उम्मेदवारी दिए पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ: शेखर कोइराला



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने बताउनुभएको छ । संसद्मा सबैभन्दा ठूलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा उम्मेदवारी दिने र जित्ने बताउनुभयो ।

मंगलबार सिन्धुलीमा आयोजित पत्रकार सम्मलेनमा उहाँले केपी ओलीजीले (नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली) र नेपालजी (नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल) लाई भट्नुभयो भन्ने हिजोदेखि एउटा कुरा आएको छ भन्दै नेता कोइरालाले भन्नुभयो, “उहाँहरू पहिले एउटै पार्टीमा हुनुहुन्थ्यो, २ वर्षजति भयो उहाँहरूले अर्को पार्टी बनाउनुभयो। त्यसरी जाँदा फेरि एकै ठाउँमा उभिने चान्स हुन्छ भन्ने पनि होला, ठिकै हुन्छ ।”

यद्यपि नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ भन्दै उहाँले भन्नुभयो, “त्यो उम्मेदवारले जित्छ, ढुक्क हुनुहोस् ।”

‘उहाँका अनुसार ओली र नेपालबीच भेटघाट भएको विषय बाहिर आउँदैमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी नदिई बस्ने भन्ने कुरा नआउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “माधव नेपालजी वा अरु को कुरा, ओलीले भेट्नुभयो भन्दैमा हामीले उम्मेदवारी नदिने भन्ने सोच राखेका छैनौँ र राख्दैनौँ पनि ।”

नेता कोइरालाले दलका नेतामा राष्ट्रिय सहमति हुने अवस्था आफूले नदेखेको उल्लेख गर्दै भन्नुभयो, “राष्ट्रपतिका लागि दलका नेताका नाममा राष्ट्रिय सहमति भएन भने पार्टीबाहिरबाट लिने भन्ने पनि छ ।” उहाँले पार्टीभित्रबाट उम्मेदवारी दिँदा नेपाली कांग्रेसले अन्य पार्टीको उम्मेदवारलाई अस्वीकार पनि गर्नसक्ने भएकाले राष्ट्रिय सहमति हुन नसक्ने बताउनुभयो ।

बाहिरबाट राष्ट्रपति बनाउँदा उत्तम हुने भन्दै उहाँले पार्टीभित्रको व्यक्तिलाई राष्ट्रपति बनाउँदा सबै दलले स्वीकार गर्ने अवस्था आफूले नदेखेको बताउनुभयो ।