१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

माधव वा अरूले उम्मेदवारी दिए पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ: शेखर कोइराला

माधव वा अरूले उम्मेदवारी दिए पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ: शेखर कोइराला
file
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिने बताउनुभएको छ । संसद्मा सबैभन्दा ठूलो दल कांग्रेस भएकाले राष्ट्रपतिमा उम्मेदवारी दिने र जित्ने बताउनुभयो ।

मंगलबार सिन्धुलीमा आयोजित पत्रकार सम्मलेनमा उहाँले केपी ओलीजीले (नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली) र नेपालजी (नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल) लाई भट्नुभयो भन्ने हिजोदेखि एउटा कुरा आएको छ भन्दै नेता कोइरालाले भन्नुभयो, “उहाँहरू पहिले एउटै पार्टीमा हुनुहुन्थ्यो, २ वर्षजति भयो उहाँहरूले अर्को पार्टी बनाउनुभयो। त्यसरी जाँदा फेरि एकै ठाउँमा उभिने चान्स हुन्छ भन्ने पनि होला, ठिकै हुन्छ ।”

यद्यपि नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ भन्दै उहाँले भन्नुभयो, “त्यो उम्मेदवारले जित्छ, ढुक्क हुनुहोस् ।”

‘उहाँका अनुसार ओली र नेपालबीच भेटघाट भएको विषय बाहिर आउँदैमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी नदिई बस्ने भन्ने कुरा नआउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “माधव नेपालजी वा अरु को कुरा, ओलीले भेट्नुभयो भन्दैमा हामीले उम्मेदवारी नदिने भन्ने सोच राखेका छैनौँ र राख्दैनौँ पनि ।”

नेता कोइरालाले दलका नेतामा राष्ट्रिय सहमति हुने अवस्था आफूले नदेखेको उल्लेख गर्दै भन्नुभयो, “राष्ट्रपतिका लागि दलका नेताका नाममा राष्ट्रिय सहमति भएन भने पार्टीबाहिरबाट लिने भन्ने पनि छ ।” उहाँले पार्टीभित्रबाट उम्मेदवारी दिँदा नेपाली कांग्रेसले अन्य पार्टीको उम्मेदवारलाई अस्वीकार पनि गर्नसक्ने भएकाले राष्ट्रिय सहमति हुन नसक्ने बताउनुभयो ।

बाहिरबाट राष्ट्रपति बनाउँदा उत्तम हुने भन्दै उहाँले पार्टीभित्रको व्यक्तिलाई राष्ट्रपति बनाउँदा सबै दलले स्वीकार गर्ने अवस्था आफूले नदेखेको बताउनुभयो ।