२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२: स्कटल्याण्डविरुद्ध नेपालले टस जितेर बलिङ रोज्यो



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले आज मंगलबार च्याम्पियन स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

बिहान ९ बजे कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोजेका हुन् ।

नेपाल पहिलो पटक लगातार चारै खेल जित्ने सोँचमा हुनेछ । यता, स्कटल्याण्ड भने अन्तिम खेलमा जितका साथ लिग–२ अन्त्य गर्ने मनसायका साथ मैदानमा उत्रनेछ ।

२०१९ देखि सुरु आईसीसी विश्वकप लिग टूमा आफ्नो घरेलु भुमीमा आयोजित एक त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बन्ने अवसर नेपाललाई रहेको छ ।

यस्तै, आजको खेलमा स्कटल्याण्डलाई पराजित गरेको खण्डमा नेपालले आफ्नो एकदिवसीय क्रिकेटको ईतिहासमै पहिलो पटक लगातार चार खेल जित्नेछ भने अर्कोतर्फ विश्वकप लिग टू को पूरा सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली बन्ने अवसर पनि नेपाललाई छ ।

नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ९ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।

अर्कोतर्फ स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र ९ मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा छ । स्कटल्याण्डले गत बुधबार नामिबियालाई पराजित गरेसँगै ३ खेल बाँकी रहँदै विश्वकप लिग टूको च्याम्पियन बनेको थियो । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत स्कटल्याण्डले स्थान पक्का गरिसकेको छ । स्कटल्याण्डले मंगलबारको नेपालको खेलपछि नै लिग टू ट्रफि प्राप्त गर्नेछ ।