२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्याल्पो ल्होसार पर्वले आपसी सद्गर्न सहयोग पुग्ने विश्वास लिएको छु– अध्यक्ष तिमिल्सिना



file
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ग्याल्पो ल्होसार पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावनालाई प्रवर्द्धन गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शेर्पा समुदायको महान पर्व ग्याल्पो ल्होसार–२०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सु–स्वास्थ्य, सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले ग्याल्पो ल्होसार पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने पर्वका साथै सम्पूर्ण नेपालीबीच साझापन र हार्दिकताको एक उदाहरण हो भन्नुभयो ।

नेपालको हिमालीलगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय एवं बौद्धमार्गी समुदायको विशेष पर्वका रूपमा प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिनग्याल्पो ल्होसारमनाउने गरिन्छ । यस पर्वमा शेर्पालगायत अन्य हिमाली समुदायको पनि समभाव रहेको पाइन्छ । यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोल, बाटोघाटो, पानीका मूलको सरसफाइ गर्ने, नयाँ–नयाँ खानेकुरा खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।

सन्देशमा भनिएको छ, “विविध जातजाति र समुदायको साझा फूलबारीको रूपमा रहेको नेपालमा ग्याल्पो ल्होसारजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, धार्मिक, जातीय र भाषिक सम्मान तथा संरक्षण गर्दै सामाजिक सद्भाव अभिवृद्धिमा योगदान गर्नुका साथै नेपालीको मौलिक पहिचान कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् ।” रासस




भर्खरै