१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

प्रजातन्त्र दिवसको अवसरमा नेविसंघको सप्ताहव्यापी अभियान

प्रजातन्त्र दिवसको अवसरमा नेविसंघको सप्ताहव्यापी अभियान
अ अ+ अ-

काठमाडौं । नेपाल विद्यार्थी संघले ७३ औँ प्रजातन्त्र दिवसको अवसर पारेर सप्ताहव्यापी रुपमा देशभरका सरकारी विद्यालय, विश्व विद्यालय, क्याम्पसहरुमा राष्ट्रिय झन्डा राख्ने, वृक्षारोपण र सरसफाई कार्यक्रमको सुरुवात गरेको छ ।

नेविसंघ केन्द्रिय कार्यसमितिको परिपत्र अनुसार आईतबार देशभरका झन्डै चार सय बढी क्याम्पसहरुमा राष्ट्रिय झण्डा राख्ने र सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । विभिन्न प्रदेश कमिटि, जिल्ला समिति र क्याम्पस ईकाईहरुको आयोजनामा सुरु भएको यस अभियानमा देशभरका विद्यार्थीहरुले उल्लासमय सहभागीता जनाएका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार राष्ट्रियता, लोकतन्त्र, समाजवाद, र विद्यार्थी एकतालाई मुख्य आर्दश मान्दै देशमा भएका विभिन्न परिवर्तनगमी आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै लोकतन्त्रको संस्थागत विकास, विद्यार्थी हकहित र शैक्षिक क्षेत्रमा उन्नयनका साथै समायनुकूल विकास र परिवर्तनको निमित्त गर्दै आएका गतिविधिलाई बढावा दिन र सबै विद्यार्थीहरुलाई गोलबद्व गर्न यस अभियानको थालनी गरिएको हो ।

नेपाल र नेपाली जनाताको लागि एतिहासिक महत्व बोकेको दिनको अवसर पारेर सुरु गरिएको यस अभियानमा विभन्न अन्तरक्रिया कार्यक्रम, विचार, गोष्ठी लगायत वक्तित्वकला तथा वादविवादका कार्यक्रम, वृक्षारोपण र सरसफाई सँगै क्याम्पस तथा विद्यालयमा नयाँ झन्डा राख्ने अभियान सुरु गरिएको उनले बताए ।

विद्यार्थीहरुबीच समाजिक खललता नपु र्‍याउन र राष्ट्रिय अखण्डता कायम गराउन भव्य र सभ्य तरिकाले यस अभियानको सुरुवात भएको जनाउँदै उनले विभिन्न जिल्लाहरुमा दिप प्रज्वलन कार्यक्रम समेत गरिएको बताए ।

राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकतालाई आफ्नो आदर्श मानेर स्थापना भएको नेविसंघले विद्यार्थीका बर्गीय मुद्धाहरुको उठान र समाधान गर्दै लोकतन्त्रको बिकास,बिस्तार र जगेर्ना गर्दै बिद्यार्थीहरुका बर्गीय मुद्धा स्थापित गर्न अनवरतरुपमा कृयाशिल रहदै आएको उनको भनाई छ ।