२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीमा राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री दाहाललाई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

सोमबार पार्टी केन्दिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताउनु भयो ।

उहाँले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने र त्यसको अन्तिम निर्णय प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई दिने निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आजको पार्टी पदाधिकारी बैठकमा राष्ट्रपतिको बारेमा नै चर्चा भयो । हामीले बैठकमा राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेका छौँ । राष्ट्रिय सहमति खोज्ने कुरा नै हाम्रो नीति हुनुपर्छ भन्ने कुरा भयो । प्रधानमन्त्रीलाई अन्तिम निर्णय लिने निर्णय भयो र अन्य पार्टीका पदाधिकारीहरुसँग छलफल गर्ने निर्णय भयो ।’

उपाध्यक्ष महराले फागुन १२ गतेसम्म राष्ट्रिय सहमति हुनेमा विश्वस्त रहेको बताउनु भयो ।