२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई शीर्ष नेताबीच छलफल जारी छ । आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न दुई शीर्ष नेताबीच भेटवार्ता भएको उच्च स्रोतले जनाएको छ ।

फागुन २५ मा हुने राष्ट्रपति चुनावका लागि यही १३ गते मनोनयन दर्ता हुँदैछ ।

नेपाली काँग्रेस र एमालेले आ–आफ्ना उम्मेदवार उठाउने तयारी गरिरहँदा माओवादीले भने राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति निर्वाचित गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

प्रतिनिधिसभामा १० सिट रहेको समाजवादीले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।