२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि मैदानबाट सट्टाबाजीको आशंकामा एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानबाट सट्टाबाजीको आंशकामा एक जनालाई पक्राउ गरेको छ ।

त्रिवि मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला भइरहेको बेला एक व्यक्तिलाई पक्राउ गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाका अनुसार ती व्यक्तिलाई सट्टाबाजीमा संलग्न भएको आशंका लागेर मैदानबाटै नियन्त्रणमा लिइएको छ ।

त्रिवि मैदानमा अहिले नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा भइरहेको छ । स्कटल्याण्डले नेपालसामु २७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।