१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले देउवालाई उठी उठी भने– हामी सरकारबाट बाहिरिन्छौँ



file
अ+ अ-

काठमाडौं । अन्ततः माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यो जानकारी गराएका हुन् । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसकेपछि आफूहरुले सरकार छाड्ने जानकारी प्रचण्डले दिएका हुन् ।

बुधबार माओवादी संसदीय दलले एमसीसी पास गर्न नसकिने निर्णय गरेपछि सो बारेमा जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए । तर बालुवाटार स्रोतका अनुसार त्यतिबेला सबैकुरा मिडियाबाट थाहा पाइसकेका देउवा भने प्रचण्डसँग रिसाएका थिए । प्रधानमन्त्रीलाई भेट्न गएका प्रचण्डसँग कुरा गर्ने मुडमा प्रधानमन्त्री देउवा थिएनन् । बालुवाटार स्रोतले भन्यो– प्रचण्ड पुगेपछि देउवाले भनेका थिए– तपाईँको सबै कुरा मैले थाहा पाइसकेँ, अब आज संसद बैठक भए या नभए पनि भोलि भेटौँला, आजलाई यत्ति नै । सो मुडमा देउवालाई देखेपछि प्रचण्ड पनि त्यहाँ नबसी बाहिरिएका थिए ।

प्रचण्डले प्रधानमन्त्रीलाई उठी उठी भनेका थिए– मैले एमसीसीमा तपाईलाई साथ दिन सकिन । म पनि पार्टीभित्रै घेराबन्दीमा परेँ । त्यसैले हामी सरकारबाट बाहिरिन सक्छौँ । त्यसपछि देउवाले केही जवाफ दिएनन्, अनि प्रचण्ड फर्किएका थिए । सायद प्रचण्डको यही अभिव्यक्तिपछि नै बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने तयारी रोकिएको समाचार स्रोतले बतायो ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने प्रधानमन्त्री देउवाको जोडबल थियो । पहिले प्रचण्ड र नेपालको साथ पाएपछि प्रधानमन्त्रीले सभामुख अग्निप्रसाद सापकोटालाई एमसीसीलाई बुधबारको बैठकको एजेण्डा बनाउन दबाब दिएका थिए । बुधबार टेबल गर्ने र बिहीबार बैठक राखेर सत्तारुढ माओवादी र एकीकृत समाजवादीका सांसदहरु अनुपस्थित हुँदा प्रमुख विपक्षी एमालेका सांसदहरुको नाराबाजीकै बीच एमसीसी अनुमोदन गर्ने उनको योजना थियो । तर संसद आजै बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकपछि यस्तो निर्णय आउन सकेन ।

माओवादीले संसद अवरुद्ध भएको बेला एमसीसी टेबल गर्न नहुने मात्र बताएन, जबरजस्ती गरिए विपक्षमा मत दिने बतायो । त्यो निर्णय गर्न प्रचण्ड पनि बाध्य भए । यसैकारणले प्रचण्ड सत्ताबाट बाहिरिने निर्णयमा पुग्न बाध्य भएका बताइएको छ । सम्भवत माओवादीले भोलि नै सरकारबाट बाहिरिने निर्णय गर्न सक्नेछ ।