१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः इन्टरलाई लिभरपुलले हरायो, बायर्नको बराबरी



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनल अन्तर्गत इंग्लिस क्लब लिभरपुलले जित निकालेको छ। 

बुधबार राति भएको पहिलो लेगमा लिभरपुलले इटालियन क्लब इन्टर मिलानलाई उसकै मैदानमा २-० गोलले पराजित गरेको हो। 

लिभरपुललाई जित दिलाउन खेलको ७५ औं मिनेटमा रोबर्टो फिर्मिनोले र ८३ औं मिनेटमा मोहमद सलाहले गोल गरे।

अब दोस्रो लेगको खेल लिभरपुलको मैदानमा मार्च ८ को मध्यरातमा हुनेछ। 

यस्तै, बुधबार राति नै भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियन क्लब आरबी साल्जवर्गसँग बराबरी खेलेको छ। 

साल्जवर्गको मैदानमा भएको अन्तिम १६ को पहिलो लेगमा दुबै टिमले १-१ गोलको बराबरी खेलेका हुन्। 

खेलको २१ औं मिनेटमा चुकुविक अडामुले गोल गर्दै साल्जवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ९० औं मिनेटमा किंग्सले कोमानले गोल गर्दै बायर्नलाई बराबरीमा ल्याए। 

अब यी दुई टिमबीचको दोस्रो लेग मार्च ९ मा मध्यरातमा बायर्नको मैदानमा हुनेछ।