५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचनमा कांग्रेसले ढोक्सा थाप्छ: प्रदीप पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति निर्वाचनमा कांग्रेस ढोक्सा थाप्न तयार रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा उहाँले भन्नुभयो, “राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं ।”

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने बेला नेपाली कांग्रेसले पक्षमा मत दिँदा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको हो भने कांग्रेसको ढोक्सामा माछा नपर्ने बताउनुभएको थियो ।

अहिले रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको उल्लेख गर्दै सांसद पौडेलले भन्नुभयो, “यहाँ राष्ट्रपति चाहिएको होइन । रबरस्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यकता प¥यो भने सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ ।”

उहाँका अनुसार मुलुकको अभिभावक, संविधानको संरक्षण गर्नसक्ने राष्ट्रपति मुलुकलाई चाहिएको र यसका लागि कांग्रेसले प्रयास पनि गरिरहेको छ ।

सांसद पौडेलले नेपाली कांग्रेस स्थिरताको पक्षमा रहेको र गठबन्धन भत्कियोस् भन्ने चाहना नभएको उल्लेख गर्दै भन्नुभयो, “तर, सुरदपश्चिममा गठबन्धनमा भत्कियो । यो कांग्रेसका कारणले भत्किएको हो कि जगैदेखि हल्लिएर भत्किएको हो हामी प्रश्न गर्न चाहन्छौँ ।”

सात दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा अचेल चार दलका मात्र नेता देखिन थालेको भन्दै उहाँले बाँकी कता जानुभयो भनी प्रश्न गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको बारे प्रश्न गर्दै भन्नुभयो, “रास्वपा किन सरकारबाट बाहिरियो ? कांग्रेसले बाला देखाएर ?, जसपा र नागरिक उन्मुक्ति पार्टी सरकारमा किन गएन ? कांग्रेसले ढोक्सा थापेर ? ”




भर्खरै