२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नुनपर्ने सरकारी वकिल कार्यालयको भनाइ



अ+ अ-

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको राहदानीसम्बन्धी विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने बताएको छ । सरकारी वकिलको कार्यालयले लामिछानेको राहदानीका बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नु नपर्ने निष्कर्ष निकालेको हो ।

यसअघि लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइनसकेको भन्दै जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो ।

प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पौडेलले जिल्ला सरकारी वकिलको कार्यालयमा निवेदन दिएका थिए । कार्यालयले प्रहरी परिसरमा छानबिन चलिरहेको भन्दै जाहेरी दर्ता गर्नुनपर्ने बताएको हो । यसअघि लामिछानेको राहदानीका विषयमा सरकारी वकिलको कार्यालयले जिल्ला प्रशासन कार्यालय काठमाडौँ, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण मागेको थियो ।

कार्यालयले जिल्ला प्रशासन कार्यालयबाहेका अरु कार्यालयबाट जवाफ नआएको बताएको छ । जिल्ला प्रशासन कार्यालयले लामिछानेको अभिलेख भेटिएको जवाफ पठाएको छ । सरकारी वकिलको कार्यालयले प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेपछि मात्र त्यसको अध्ययन गरी थप निर्णय लिइने जनाएको छ ।