१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा इनारमा खसेर १३ जनाको मृत्यु, दर्जनौँ घाइते



अ+ अ-

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित कुशीनगर जिल्लामा बुधबार राति कहालीलाग्दो घटना भएकाे छ । जिल्लाको नेबुआ नौरंगिया थाना इलाकाको नौरंगिया गाउँमा वैवाहिक कार्यक्रममा बुधबार राति भएको घटनामा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला, किशोरी र बच्चाहरु रहेका छन्। समारोहको क्रममा इनारको स्लाब भाँचिएर उक्त दुर्घटना हुन पुगेको हो। एक दर्जनभन्दा बढी गम्भीर रुपमा घाइते भएका छन् भने उनीहरुलाई अस्पताल भर्ना गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार बुधबार राति हल्दीको समारोहकाबीच अचानक इनारको स्लाब भाँचिन पुग्यो र २५ भन्दा बढी महिला, किशोरी र बच्चाहरु इनारमा खस्न पुगे। मृतकमध्ये दुई जनाको पहिचान खुल्न सकेको छैन। बिहे घरमा चिच्चाहट र सहयोगको पुकार मच्चियो। खबर पाउनासाथ प्रहरी र स्थानीय मिलेर उद्धारमा लागेर इनारबाट सबैलाई निकालियो। गाउँदेखि जिल्ला अस्पतालसम्म हाहाकार मच्चिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार नौरंगिया गाउँको स्कुल टोल निवासी परमेश्वर कुशवाहका छोरा अमित कुशवाहाको विवाह भन्दा पहिले बुधबार अबेर रातसम्म हल्दी समारोह चलिरहेको थियो।

घरबाट १०० मिटर टाढा रहेको इनार नजिकै विवाह भन्दा पहिले गरिने समारोह(मटकोड)को कार्यक्रम चलिरहेको थियो। उक्त समारोह नजिक रहेको त्यस इनारमा आरसीसी स्ल्याब बनाएर ढाकिएको थियो। समारोहको क्रममा ठूलो संख्यामा महिला, युवती र बच्चाहरु इनारको स्ल्याबमाथि उभिँदा स्ल्याब अचानक भाँचिन पुग्यो र त्यसमाथि रहेका सबैजना इनारमा खस्न पुगे। इनारमा पानी टनाटन थियो। घटनापछि हाहाकार मच्चियो।

आसपासका मानिसहरु उद्धारमा खटिएपनि अँध्यारो भएको कारण उद्धारमा कठिनाई हुन पुग्यो। खसेकालाई इनारबाट उद्धार गरी अस्पताल पुर्याइयो। चिकित्सकले १३ जनालाई मृत घोषणा गरे। उद्धारबाट २५ जनालाई इनारबाट बाहिर निकालिएको थियो। घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ भने धेरैको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ।