५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो बलमै विकेट लिएपछि भावुक बने सन्दिप



तस्बिर: सामाजिक संजाल
अ+ अ-

काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्धके खेलमा सन्दिप लामिछानेले दोस्रो बलमै विकेट लिएका छन्।

११ औँ ओभरमा बलिङ गर्ने मौका पाएका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ट आउट गरे।

पाँच महिनापछि मैदान फर्किएका सन्दीपले आफ्नो दोस्रो बलमै विकेट लिएपछि भावुक बनेका हुन् ।सन्दिपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नामिबियाले १२ ओभरमा २ विकेट गुमाउँदै ४७ रन बनाएको छ । नामिबियाका माइकल भान लिगेन २५ र जेरार्ड इरास्मस एक रनमा क्रिजमा छन् ।

ओडिआईमा नामिबियाविरुद्धको खेलमा नेपालले चार खेल खेल्दा तीन हार बेहोरेको छ भने एक खेलमा वर्षाको कारण रद्ध भएके थियो । नेपालले पहिलो पटक नामिबियालाई हराउन चाहन्छ ।

नेपाल २४ खेलमा ८ जित र १४ हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव बाँकी १२ खेल खेल्नेछ । जसमा चार खेल युएईमा गएर खेल्नेछ । ८ खेल घरेलु मैदानमा हुनेछन् । शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ ।