२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट महिलाको मृत्युभएपछि सुर्खेत तनावग्रस्त: प्रहरीद्वारा ४ राउण्ड अश्रु ग्यास प्रहार



अ+ अ-

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा बसको ठक्करबाट महिलाको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरूले सोमबार बिहानैदेखि वीरेन्द्रनगरमा आन्दोलन जारी राखेका छन् ।

मंगलगढी चोकमा आन्दोलनले उग्र रूप लिएपछि प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ। आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा एक जना प्रहरी घाइते भएका छन् ।

अहिले १३० जना प्रहरीको टोली आन्दोलनस्थलमा खटाईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले जानकारी दिए ।