८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

महत्वपूर्ण लिग भएकाले सुखद् नतिजाका लागि खेल्छौँ– कप्तान पौडेल

महत्वपूर्ण लिग भएकाले सुखद् नतिजाका लागि खेल्छौँ– कप्तान पौडेल
अ अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसिसि विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र आयोजक नेपालबीच मंगलवारबाट आयोजना हुने त्रिकोणात्मक श्रृंखलामा सुखद् नतिजा निकाल्नका लागि नेपाली टोली तयार रहेको बताउनुभएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता शुरु हुनुपूर्व आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान रोहितले नयाँ प्रशिक्षकसँगको १० दिने अभ्यासले खेलाडीको मनोबल उच्च भएको भन्दै सुखद् नतिजा निकाल्न नेपाली टोली तयार भएको बताउनुभएको हो । एक साता अघि मात्र औपचारिक रुपमा नियुक्त भएका प्रशिक्षक मोन्टी देशाईसँग आपूmले उमेर समूहका धेरै खेल खेलिसकेको र नयाँ प्रशिक्षक भएपनि घुलमिल सहजै भएको बताउनु भयो । प्रशिक्षक देशाईको प्रशिक्षणमा टोली राम्रो भएको बताउनु भयो । घरेलु मैदानमा हुने श्रृंखला निकै महत्वपूर्ण रहेको भन्दै रोहितले घरेलु मैदानको भरपुर सदुपयोग गर्ने बताउनु भयो ।

यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले छोटो समयको क्याप निकै फलदायी भएको र १० दिनको अवधिमा आपूmले खेलाडीमा भएको क्षमतालाई निखार्न प्रयास गरेको बताउनु भयो । प्रशिक्षणको क्रममा प्रशिक्षक देशाईले नेपाली खेलाडीमा आपूmले धेरै क्षमता देखेको र खेलाडीले सो क्षमतालाई खेलमा कार्यन्वयन गर्नेमा आपूm विश्वस्त रहेको बताउनु भयो । श्रृंखला नेपाली टोलीका लागि निकै महत्वपूर्ण र कठिन भएको भन्दै सुखद् नतिजाका लागि खेल्ने प्रशिक्षक देशाईले बताउन भयो ।

देशाईले मंगलवारबाट आयोजना हुने श्रृंखलाका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् भने श्रृंखलामा सहभागि हुन स्कटल्याण्ड र नामिबिया पनि नेपाली आइसकेका छन् । खेल अघिको पत्रकार सम्मेलनमा स्कटल्याण्ड टोलीका कप्तान रिची बेरिङटनले पनि लिग–२ तालिकामा आफ्नो टोली बलियो अवस्थामा रहे पनि घरेलु दर्शकको उत्साहजनक साथ पाउने नेपालसँग खेल्न सहज नहुने उनले बताउनु भयो ।

यस्तै प्रशिक्षक सेन बर्गरले पहिलो पटक नेपाली टोलीसँग नेपालमा प्रष्स्पिर्धा गर्न कठिन हुने बताउनु भयो । आफ्ना खेलाडी विभिन्न महादेशबाट रहेकाले नेपालको वातावरणमा छिट्टै घुलमिल भएर राम्रो क्रिकेट खेल्ने बताउनु भयो ।

उता नामिबियका प्रशिक्षक मोर्ने मोर्कलले आफ्नो टोलीको लिगमा ६ खेल बाँकी रहेको र बाँकी सबै खेल निकै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले आफ्नो टोली शीर्ष चारमा अटाइसेको र आफ्नो लक्ष्य दोस्रो स्थानमा अटाउने लक्ष्यमा रहेको भन्दै नेपालको भ्रमण राम्रो बनाउने लक्ष्य रहेको बताउनु भयो ।

श्रृंखला अन्तर्गत स्कटल्याण्डले विश्वकप लिग–२ अन्तिम चार खेल नेपालमा खेल्दैछ । स्कटल्याण्डले जुन र जुलाईमा जिम्बाबेमा आयोजना हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने नामिबिया दोस्रो स्थानमा अटाउने योजनाका साथ खेल्नेछ । श्रृंखलामा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने नामिबिया ३० खेल खेले ३७ अंकका साथ तालिकाकाके तेस्रो स्थानमा छ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग फेब्रुअरी १४ मा खेल्नछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ ।