२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टीमको बिदाइ



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतसँग हुने मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई लगायतले नेपाली टोलीलाई आइतबार एन्फा कम्प्लेक्समा बिदाइ गरेका हुन् ।

एन्फा उपाध्यक्ष वीर बहादुर खड्काले भारतसँगको मैत्रीपूर्ण खेलका लागि शुभकामना दिँदै यो खेल पछि महिला लिग गराउने आश्वासन दिए । उनले भने–‘नेपाली महिला फुटबल टिमले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ। लगातार खेल नहुँदा उनीहरू भविष्यको चिन्ताले निराश पनि छन् । तर, भारतसँगको मैत्रीपूर्ण खेलपछि हामी रोकिएको महिला लिग गराउने छौँ । धेरै केही हैन खेलेर बाँच्ने वातावरण सृजना गर्ने छौँ’ ।

मैत्रीपूर्ण खेल फेब्रुअरी १५ देखि १८ सम्म भारतको चेन्नईमा हुनेछ । खेलका लागि नेपाली टोलीले सोमबार भारत प्रस्थान गर्नेछन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त राज थापाले खेलका लागि एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

नेपाली टोली:

गोलकिपरः एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे

मिडफिल्डरः विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक