१९ भाद्र २०८३, शुक्रबार
,
Latest
एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’ ‘पहिरोले आंशिक थुनिएको चौलानी नदीको बहाब सामान्य’ श्रीकृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा पूजाअर्चना विपदमा बाल संरक्षणलाई प्राथमिकता दिन सिजपकाे आग्रह शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता साझेदारको बैठक बस्नुअघि मन्त्रिपरिषद् बैठक बस्दै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर सत्ता साझेदारबीच असहमति भएकै बेला उहाँले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो । आज बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ ।

बैठक दिउँसो २ बजे बस्ने बताइएको छ । संसद्मा एमसीसी टेबल गर्ने विषयमा विवाद भएपछि सो बारेमा अधिकतम सहमति गर्न आज सत्ता साझेदारको बैठक बोलाइएको छ । प्रधानमन्त्री देउवाले एमसीसीलाई जसरी पनि संसद्मा टेबल गर्नुपर्ने अडानमा हुनुहुन्छ ।

तर सत्ता साझेदारको नेकपा माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै जबरजस्ती एमसीसी टेबल भए सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । साथै उसले एमसीसीमा विपक्षमा मतदान गर्ने बताएको छ ।