१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

रेशम चौधरीको घरमा गएर मुख्यमन्त्री शाहले भने- उनको रिहाईमा पहल गर्छु

रेशम चौधरीको घरमा गएर मुख्यमन्त्री शाहले भने- उनको रिहाईमा पहल गर्छु
अ अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्न सहयोग गर्ने बताएका छन् ।

कैलालीको जानकी गाउँपालिका ६, जगतपुरस्थित रेशम चौधरीको घरमा पुगेर मुख्यमन्त्री शाहले उनको रिहाईमा पहल गर्ने बताएका हुन् । मुख्यमन्त्रीले रेशमकी आमा सुल्फी देवी चौधरीलाई भेट्दै यस्तो प्रतिबद्धता जनाएका हुन् ।

मुख्यमन्त्री शाहले टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुगेको बताए । उनले भने ‘टीकापुरको घटनाले सामाजिक सद्भावमा ठेस पुर्‍याएको छ । हामी त्यसलाई पुरानै स्थितिमा ल्याउने प्रयास गरिरहेका छौँ । केन्द्र सरकारले रेशम चौधरीलाई छिटो रिहा गर्नुपर्छ । म त्यसको लागि लागिपरेको छु ।’

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बिहीबार संसदबाट विश्वासको मत लिन नसकेर पदमुक्त भएपछि राजीनामा दिएका थिए । रावलले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।