१७ आश्विन २०८१, बिहीबार
,
Latest
राप्रपामा जिम्मेवारी हेरफेर, संगठन विभागमा तामाङ, राजनीतिक विभागमा मिश्र यात्रुको चाप बढेपछि एयरलाइन्सले थपे उडान बंगलादेशमा उसुलाई ४ स्वर्णसहित १० पदक विपद्पीडितको गुनासो–सोधेर जान्छन् तर कोही राहत लिएर आउँदैनन् मैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई पूर्वराष्ट्रपति भण्डारीद्वारा ‘म पानी हुँ’ गीतको लोकार्पण एसियाको भविष्यका लागि सहकार्य र एकता आवश्यक छः परराष्ट्रमन्त्री राणा एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरान–भेडेटार सडक खण्डमा जेब्रा झोलामा मानिसको शव फेला



अ+ अ-

धरान। सुनसरीको धरान उपमहानगरपालिका–४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि फेला परेको छ।

प्रहरीका अनुसार बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको होे।

बुधबार दिउँसो धरान भेडेटार जाने सडक खण्डको आपगाछी देखि ४ घुम्ती मास्तिर जेठमाने गोलाईको जङ्गलमा गोठाला र दाउरा खोज्न जानेले दुर्गन्ध आएको र जेब्रा झोलामा मानिसको खुट्टा बाहिर देखेपछि प्रहरीले खबर गरेका थिए। 

घटना स्थलमा प्रहरी पुगेर हेर्दा जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला पारेको सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए। 

आज बिहीबार बुधबारको घटना स्थलबाट करिब १ किलोमिटर माथि धरान भेडेटार सडक खण्डबाट करिब ३० मिटर भित्र खर्दु सामुदायिक वनको धर्रधरे जंगलमाअर्को झोलामा मानिसको हात नै बाहिर देखिने गरी अर्को जेब्रा झोला फेला परेको हो। 

हिजो टाउको र दाहिने खुट्टा फेला परेको शवको पुरै शरीर फेला परेको थिएन। त्यही हिजो फेला परेको टाउको र खुट्टाको बडी हुन सक्ने सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले बताए। 

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। यो हत्या प्रोफेसनल मर्डर हुन सक्ने प्रहरी अनुसन्धान बताउँछ । 

मानिसको हत्या गरेर शरीरलाई टुक्रा टुक्रा पारेर अलग अलग स्थानमा छर्नुले यो प्रोफेसनल मडर हुन सक्ने बताइएको छ । 

यद्यपि, अहिलेसम्म हिजो भेटिएको टाउको र खुट्टाको अहिले सम्म सनाखत हुन सकेको छैन। प्रहरीले कोही मानिस घरबाट सम्पर्क बाहिर रहेको बारेमा सोधी खोजी सुरु गरेको छ।