२० मंसिर २०८२, शनिबार
,
Latest
अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवेकशीललाई शुभकामना दिँदै रविन्द्रले भने– विचारमा अन्तर भए नि नियत एउटै छ



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौंमा आजदेखि सुरु हुनलागेको विवेकशील साझा पार्टीको पहिलो महाधिवेधनलाई शुभकामना दिँदै विचारमा अन्तर भए नि नियत एउटै भएको बताएका छन्।

विवेकशील परित्याग गरेर राप्रपा प्रवेश गरेका मिश्रले सामाजिक सञ्जालमार्फत प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । मिश्रले आफनो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन, ‘विवेकशील साझाको प्रथम महाधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्दछु, मेरो मार्ग परिवर्तनले पार्टीका समस्यालाई थप जटिल बनाए पनि ती जटिलतासँग संयमताका साथ जुध्दै पार्टीलाई सम्हालेर अगाडि लैजाने साथीहरूलाई नमन । हाम्रो विचारमा अन्तर भए नि नियतमा अन्तर छैन भन्नेमा विश्वस्त छु।’