५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको कुर्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयोः मदनकृष्ण श्रेष्ठ(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा चलचित्र प्राविधिक संघको आयोजनामा भएको आयोजित ११ औं नेफ्टा अवार्ड उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख अतिथिका रुपमा बोलाइएपनि कार्य व्यस्तताका कारण प्रधानमन्त्री कार्यक्रममा सहभागी बन्न सक्नुभएन । प्रधानमन्त्री सहभागी नभएपछि आयोजकले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथिको रुपमा आसनग्रहण गराएको थियो । सोही विषयलाई लिएर उहाँले प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्न पाउनु नै आफूलाई पुरस्कार भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री बस्ने कुर्सीमा बस्न पाउनु आफूलाई प्रधानमन्त्री बने जस्तै भएको बताउनु भयो ।

 

उहाँले भन्नुभयो, ‘प्रमुख अतिथि प्रधानमन्त्री आउने भन्ने थियो, आज म नै बस्न पाएँ, प्रमुख अतिथिको कुर्सीमा । पुरस्कार पाए जस्तै भयो, प्रधानमन्त्री बनेको जस्तै भयो । रवि लामिछानेको निर्णय पनि प्रधानन्ययाधीश नै चाहिन्छ, त्यहाँ का.मुले हुँदैन भनेर इलिगल भयो भनिरहेका छन्, तर म पनि आज का.मु. मात्रै भएँ । का.मु. भए पनि म प्रधानमन्त्री बस्ने कुर्सीमा बसेँ ।’

सो अवसरमा उहाँले एउटै इच्छा छ, तिम्रै भएर जिउने बोलको गीत गाएर सुनाउनुभएको थियो ।