२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा सुदूरपश्चिमको सरकार- ‘जोगिन्छ होला’: ओली



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम सरकारले बिश्वासको मत पाउने आशा गर्नुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसंग छलफल बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै ओलीले बिश्वासको मत पाउने आशा गर्नुभएको हो । संञ्चारकर्मीले
सुदूरपश्चिमको सरकार के हुन्छ ? भनेर सोधेको प्रश्नमा ओलीले भन्नुभयो , ‘जोगिन्छ होला । ठीकै छ ।’

मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिश्वासको मत लिनका लागि दिउँसो डाकिएको प्रदेशसभाको बैठक बेलुका ५ बजेसम्मका लागि सरेको छ । तर निर्णायक शक्तिका रुपमा रहेको नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिने भएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरुको माग सम्बोधन नहुने भएपछि विश्वासको मत नदिने निर्णय गरिएको बताउनु भएको छ ।