२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभाको बैठक ५ बजेलाई सर्यो, नाउपाका सबै प्रदेशसभा सदस्य काठमाडौँमा



अ+ अ-

काठमाडौँ । दिउँसो डाकिएको सुदूरपश्चिम प्रदेशसभाको बैठक बेलुका ५ बजेसम्मका लागि सरेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूचीसहित बैठक बिहीबार अपराह्न १ बजे बस्ने तय भएको थियो ।

तर नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने बताएपछि बैठक बस्ने समय सारिएको हो । नाउपाका सुदूरपश्चिम प्रदेशसभाका सबै सात सदस्य अहिले काठमाडौँमा छन् । मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो ।

नाउपाले आफ्ना नेता रेशम चौधरीसहित राजबन्दीको रिहाइ वा रिहाइको लिखित प्रतिबद्धता नहुँदासम्म विश्वासको मत नदिने अडान राखेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य छन् । प्रदेशमा नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, नाउपाका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ सदस्य छन् । नाउपाले विश्वासको मत नदिएको अवस्थामा मुख्यमन्त्री रावललाई विश्वासको मत लिन आवश्यक २७ मत पुग्दैन ।

मुख्यमन्त्री रावलले प्रदेशसभाबाट विश्वासको मत हासिल गर्न नसकेको अवस्थामा उहाँ स्वतः पदमुक्त हुनुहुनेछ । उहाँ पदमुक्त भएसँगै संविधानको धारा ६८ (३) अनुसार प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने मार्ग प्रशस्त हुनेछ ।