२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

योजना आयोगको सदस्यमा राप्रपाबाट गीताभक्त जोशी नियुक्त



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगको सदस्यमा प्रा. डा. गीताभक्त जोशी नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको बैठकबाट जोशी सदस्यमा नियुक्त भएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले त्रिभुवन विश्वविद्यालयका अवकाशप्राप्त प्राध्यापक जोशीलाई सदस्यमा पठाएको हो ।

उनी राप्रपा केन्द्रीय कार्य सम्पादन समितिका सदस्यसमेत हुन् ।

यसअघि योजना आयोगको उपाध्यक्षमा माओवादी कोटाबाट मीनबहादुर श्रेष्ठ नियुक्त भएका थिए । सदस्यमा माओवादीबाट रामकुमार फुयाँल र एमालेबाट कुशेन्द्र महत, सुशील ज्ञवाली नियुक्त भइसकेका छन् ।