२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोलेन्द्रशमशेर महाअभियोग प्रकरण: संसद्का महासचिवविरुद्धको मुद्दा संवैधानिक इजलासको प्राथमिकता



अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको महाअभियोग प्रकणको मुद्दालाई प्राथमिकतामा राखेर सुनुवाइ सुरु गरेको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा महाअभियोग पारित गर्नुपर्ने अवधि र एउटा संसद्बाट अर्कोमा कायम हुने वा नहुने भन्नेबारे छलफल चलिरहेको बेला उक्त मुद्दाको सुनुवाइलाई प्राथमिकता दिइएको हो ।

तत्कालीन सत्तागठबन्धनले पूर्वप्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधिसभामा २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता गरेको थियो । तर उक्त प्रस्तावमाथि २०७८ भदौसम्म छलफल नै भएन । भदौमा महाअभियोग सिफारिस समिति गठन भई जबराको बयान लिइएको थियो ।

बयानपछि जबरामाथि महाअभियोग लगाउनुपर्ने विषयमा समितिमा एकमत नभएपछि त्यहीबेला प्रतिनिधिसभाको कार्यकाल पनि सकिएको थियो । सोही क्रममा पूर्वप्रधानन्यायाधीश जबराले आफूलाई महाअभियोग लगाउने प्रतिनिधिसभा नरहेकाले महाअभियोग निष्क्रिय रहेको भन्दै संसद् सचिवालयमा निवेदन दिनुभएको थियो ।

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिनुभएको थियो । सोही पत्र लिएर सर्वोच्च अदालतमा फर्किन लाग्दा बार एसोसिएसनले सर्वोच्चको गेटमा अवरोध सिर्जना गरेको थियो । त्यस्तै तत्कालीन सरकारले जबरालाई नजरबन्दसमेत गरेको थियो ।

सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसहितले महासचिवको पत्रविरुद्ध दायर गरेको रिटमाथि संवैधानिक इजलासमा तत्काल सुनुवाइ भएको थियो । सुनुवाइमा महासचिवको पत्रले जबरामाथिको महाअभियोग निष्क्रिय नभएको अन्तरिम आदेश जारी गरिएको थियो । साथै इजलासले महासचिव गौतमसँग सो सम्बन्धमा लिखित जवाफ पनि मागेको थियो ।

यसै अवधिका जबराले उमेरहदका कारण अवकास पाइसक्नुभएको छ । त्यसैले उक्त महाअभियोग नयाँ प्रतिनिधिसभामा सर्ने कि नसर्ने भन्नेबारे नियमावली मस्यौदामा छलफलसमेत भइरहेको छ । अहिले संवैधानिक इजलासमा उक्त मुद्दालाई प्राथमिकता दिएर सुनुवाइ हुन लागेको हो ।

इजलासमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र टंकबहादुर मोक्तान रहनुभएको छ ।