२ पुष २०८२, बुधबार
,
Latest
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला राष्ट्रिय भलिबलः फाइनल समिकरण पूरा



अ+ अ-

काठमाडौँ । राजधानीमा जारी छैठौं संस्करणको केएनपी नेरोलेक महिला राष्ट्रिय भलिबल प्रतियोगितामा न्यु डायमण्डले अपराजित यात्रालाई तेस्रो खेलमा निरन्तरता दिँदै फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमवार सम्पन्न लिगको चरणको अन्तिम खेलमा न्यु डायमण्डले विभागीय टोली एपिएफलाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा रहेर फाइनलमा स्थान बनाएको हो । दुवै टोलीले सोमवार भएको प्रतिष्पर्धामा मुख्य खेलाडीलाई विश्राम दिएका थिए । दोस्रो रोजाई खेलाडीबीचको प्रतिष्पर्धामा एपिएफ न्यु डायमण्डसँग ३–१ को सेटमा पराजित भएको हो ।

डायमण्डले पहिलो र दोस्रो सेट क्रमशः २५–२१ र २५–१९ ले जिते पनि तेस्रो सेट २१–२५ ले गुमाउन पुगेको थियो । चौथो सेटमा डायमण्ड २५–२१ ले विजयी हुँदा तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्न सफल भएको हो । यससँगै न्यु डायमण्डले तालिका स्पष्ट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको हो । उता एक खेल अगावै फाइनलमा पुगेको एपिएफको ६ अंक भयो । एपिएफ दोस्रो स्थानमा अटाएको हो ।

यस्तै भने शुरुवाती दुई खेल मध्ये दुवैमा नतिजा सुम्पिएका पुलिस र आर्मीबीच सोमवार नै भएको लिग चरणको अन्तिम खेलमा पुलिसले आर्मीलाई पनि ३–१ को सेटमा हरायो । पुलिसले पहिलो सेट २६–२४ ले गुमाएको थियो । त्यसपछिको सेट २६–२४, २६–२४ र २५–२० ले जित्दै पुलिसले जारी लिगमा पहिलो जित निकालेको हो । अब यी दुई टोलीबीच मंगलवार तेस्रो स्थानको छिनोफानोकालागि प्रतिष्पर्धा हुनेछ भने उपाधिका लागि न्यु डायमण्ड र एपीएफ क्लवबीच मंगलवार नै प्रतिष्पर्धा हुनेछ ।