११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

विकासका योजना गाउँमा, मान्छे सहरमा

विकासका योजना गाउँमा, मान्छे सहरमा
अ अ+ अ-

अर्घाखाँची । लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीका गाउँगाउँमा विकास पुग्दै छ । साबिकका ४२ वटै गाविसका अधिकांश स्थानमा २०६३ सालमै मोटरबाटो पुगेको थियो । पुनर्संरचनापछि बनेका तीन नगरपालिका र तीन गाउँपालिकाका सबै वडामा मोटरबाटो पुग्नाका साथै अधिकांश ठाउँमा बिजुली पनि पुगेको छ ।

सबै वडामा स्वास्थ्य चौकी, घरघरमा खानेपानीका धारा, टेलिफोन टावर र गाउँगाउँमा विद्यालय बने पनि मानिसहरु भने धमाधम बसाइँ सर्दै छन् । गाउँका अधिकांश घर खाली रहेका र मानिस भएका घरमा पनि १६ देखि ५० वर्षसम्मका मानिस भने फाटफुट मात्र भेटिन्छन् । कोहीले बसाइँसराइको कागजपत्र बनाएर बसाइँ सरेका छन् भने कोही भने नबनाइकनै ।

विसं २०७७ वैशाखदेखि चैत मसान्तसम्ममा जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकाबाट आठ सय १८ घरपरिवार बसाइँ सरे । विसं २०७८मा अघिल्लो वर्षभन्दा झन्डै ६२ प्रतिशत बढी घरपरिवार बसाइँ सरे । विसं२०७९ वैशाखदेखि मङ्सिर मसान्तसम्म एक हजार छ सय दुई घरधुरीले बसाइँ सरिसके ।

बसाइँ सर्नेमा सबैभन्दा बढी मालारानी गाउँपालिका बनेको छ । उक्त गाउँपालिकाको पञ्जीकरण शाखाका अनुसार विगत ३२ महिनामा यस गाउँपालिकाबाट एक हजार एक सय २४ घरपरिवार बसाइँ सरेका थिए । सोही अवधिमा अन्य ठाउँबाट एक सय ९० परिवार मालारानीमा बसाइँ आएका थिए ।

अन्य पालिकाको तुलनामा सन्धिखर्क नगरपालिकाबाट बसाइँसराइ गर्नेको सङ्या सबैभन्दा थोरै छ । त्यहाँबाट विगत ३२ महिनामा तीन सय ३० घरपरिवार बसाइँसराइ गरेर गएको नगरपालिकाको पञ्जीकरण शाखाका कर्मचारी शालिकराम नेपालीले बताउनुभयो । सो अवधिमा एक सय ७८ घरपरिवार अन्यत्रबाट बसाइँ आएका थिए ।

विगत ३२ महिनामा शीतगङ्गा नगरपालिकाबाट आठ सय ९७ घरपरिवार बाहिरिएका र दुई सय १५ घरपरिवार भित्रिएका नगरपालिकाका पञ्जीकरण शाखाका धर्म बन्जाडेले बताउनुभयो । भूमिकास्थान नगरपालिकाबाट तीन सय ४१ घरपरिवारका एक हजार तीन सय ७७ व्यक्ति बसाइँसराइ गरेर अन्यत्र गएको नगरपालिकाका कर्मचारी चिरन भुसालले जानकारी दिनुभयो । पाणिनी गाउँपालिकाबाट चार सय ३६ घरपरिवार बसाइँसराइ गरेर गएका र ४३ घरपरिवार अन्यत्रबाट बसाइसराइ गरेर आएको त्यहाँका कर्मचारी माधव घिमिरेको भनाइ थियो ।
यसैगरी छत्रदेव गाउँपालिकामा छ सय १६ घरपरिवार बसाइँ सरेर अन्यत्र गएको र ७० घरपरिवार भित्रिएको गाउँपालिकाले जनायो ।

राष्ट्रिय जनगणना २०६८ बमोजिम जिल्लाकोे कूल जनसङ्ख्या एक लाख ९७ हजार छ सय ३२ रहेकामा पुरुष ८६ हजार दुई सय ६६ र महिला एक लाख ११ हजार तीन सय ६६ थिए । विसं २०७८ सालको जनगणनामा जिल्लाको जनसङ्ख्या घटेर एक लाख ७२ हजार पुगेको थियो ।

वर्ष बसाइँ सरी आउने बसाइँ सरी जाने
२०७७: १०८,८१८
२०७८: ३,६० १,३२३
२०७९ मंसिर मसान्त सम्म २,५७ १,६०२
जम्मा ७,२५ ३,७४३

स्थानीय, प्रदेश तथा सङ्घका सबै निर्वाचनमा राजनीतिक दलहरुले जिल्लाको बसाइँसराइ रोक्न विशेष योजना सञ्चालन गर्ने तथा युवालाई गाउँमै स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिए पनि लागू हुन नसकेको गुनासो स्थानीय युवाहरुको थियो। निर्वाचनमा युवालाई गाउँमै स्वरोजगार बनाउने खालका राम्राराम्रा नारा दिए पनि युवाहरु अहिले रोजगारीका लागि सहरबजार तथा विदेशमा जान बाध्य छन् ।

अधिकांश मानिस शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बसाइँसराइ गर्ने गरेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सुपा देउराली, अर्घा भगवती, पाणिनी तपोभूमि, खाँचीकोट भगवती, छत्र महाराज, मालारानी, नर्सिहस्थान, सिद्धेश्वर शिवालयलगायत ठाउँमा पर्यटनको सम्भावना भए पनि प्रचारप्रसार र रोजगारी बढाउने योजना भने अझै बनेको छैन ।

जिल्लाका छवटै पालिकामा बसाइँसराइ कम गर्न कृषि, उद्योग, पर्यटन, पशुपालन, नगदेबालीलगायतलाई प्राथमिकता दिनुपर्ने, विभिन्न आयआर्जनसँग सम्बन्धित व्यवसायलाई प्रोप्साहन दिनुपर्ने, स्थानीय प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गरिनुपर्ने विकासका पूर्वाधार दिगो विकासको नीतिअनुरूप अघि बढाउनुपर्ने प्रस्ताव अघि बढाइएको थियो ।

बसाइँसराइ निरन्तर प्रक्रिया भए पनि पछिल्लो समय वैदेशिक रोजगारीले गर्दा पनि बसाइँ गर्ने बढेका र बढ्दो सहरीकरण, सेवासुविधा उपलब्ध, सुरक्षालगायत कारणले आन्तरिक बसाइँसराइको मात्र बढ्दै गएको हो ।

अर्घाखाँची विप्रेषण आउने जिल्लामध्ये अग्रपङ्क्तिमा रहेपनि प्राप्त रकम उत्पादनशील क्षेत्रमा लगाउने वातावरण नहुँदा अन्यत्र श्रम बेच्ने मानिस उत्पादन गर्ने थलो बनेको स्थानीयवासीको गुनसो थियो ।

अर्घाखाँचीबाट झन्डै ४५ हजार युवा तथा युवती भारत, कतार मलेसिया, साउदी अरब, दुबईलगायत मुलुकमा छन् । साथी बचत तथा ऋण सहकारी र अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी सस्थाले दुई वर्षअघि गरेको अनौपचारिक सर्भेक्षणअनुसार जिल्लामा भित्रिएको रेमिट्यान्सको ८० प्रतिशत रकम विलाशिता र अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ ।

युवा जनशक्तिलाई विदेश पठाएर आएको पैसाको सदुपयोग गर्ने खालको योजना कुनै पनि पालिकाको नभएको र स्थानीय सरकारले व्यवसाय र स्वरोजगारमुखी कार्यक्रम ल्याउन नसक्दा पनि रेमिट्यन्साको रकम बाहिरिने गरेको हो ।

वार्षिक झन्डै साढे सात अर्ब रुपैयाँ अर्घाखाँची भित्रने गरेपनि तीन अर्ब अर्थात् ४० प्रतिशत रकम दैनिक उपभोग्य सामग्री, खानपान, मोटरसाइकल, कार, इन्धन, लत्ताकपडा, मोबाइल, सञ्चार तथा टेलिफोनमा खर्च हुने गरेको स्थानीय सहकारी संस्थाको अनुमान छ । चालिस प्रतिशत रकम अर्थात् तीन अर्ब उत्पादन नहुने क्षेत्र (घडेरी र घरमा) खर्च हुने गरेको देखिएको अर्घाखाँची जिल्ला बचत सहकारी संस्थाका अध्यक्ष प्रकाश भुसालले बताउनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम र कपिलवस्तुका विभिन्न भाग तथा रुपन्देहीको बुटबल, भैरहवा, दाङ, चितवन र काठमाडाँैमा घर घडेरी उक्त रकम खर्च भएको छ ।

बाँकी रहेको २० प्रतिशत रकम मात्र कृषि फार्म, साना होटल, किराना पसल र ट्याक्सी तथा बसजस्ता उत्पादनशील क्षेत्रमा खर्च भइरहे पनि सम्बद्ध व्यावासायीले बीचैमा व्यवसाय छाड्ने गरेका पाइन्छ । गाउँका अधिकांश बारी तथा खेत बाँझै छन् । सबै घरमा वृद्धवृद्धा मात्र छन् । अधिकांश श्रीमान्हरु रोजगारीका लागि विदेश र श्रीमतीहरु छोराछोरी पढाउन भनेर सहर झरेका छन् । रासस