२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई आज



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वकप्तान सन्दीप लामिछानेबिरुद्धको मुद्दाको सुनुवाई आज हुँदैछ । सन्दीपबिरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दर्ता गरेको मुद्दाको सुनुवाई आज हुन लागेको हो ।

महान्यायधिवक्ता कार्यालयले मंगलबार उच्च अदालत पाटनको आदेश बदर गर्न र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग गर्दै पुनरावेदन दर्ता गरेको थियो ।

नाबालिग बलात्कारको अभियोग लागेका सन्दीप गत २९ पुषमा २० लाख धरौटीमा केन्द्रिय कारागारबाट रिहा भएका थिए । जिल्ला अदालतले लामिछानेलाई थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश गरेकोमा उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालतले धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो ।

प्रहरीले गत असोज २० गते लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो ।