१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो जोड गठबन्धन बचाउने नै होः प्रचण्ड (भिडियो)



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई बचाउन लागिपरेको बताएका छन्। सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठसँगको छलफलपछि बाहिरिने क्रममा सो कुरा बताएका हुन्। 

उनले भने, ‘ ५ बजे सम्यन्त्रको मिटिङ छ, त्यही बैठकको तयारीको बारेमा छलफल भयो। हामी तीन दललाई एकमत बनाउने भनेर लागेका होइनौँ। पाँचै दललाई कसरी बचाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमै छौँ। आजको पाँच दलको बैठकमा छलफल गरेर एउटा निष्कर्षमा पुग्नेमा हामी केन्द्रित छौँ। जोड चाहिँ सकेसम्म यो गठबन्धन बचाउने मै छ।'